प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. MONUSCO Mission, Congo र UNMISS Mission, South Sudan को भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. मिति २०७१ भाद्र १५ गतेदेखि Democratic Republic of Congo स्थित MONUSCO  मिशन र South Sudan स्थित UNMISS  मिशनहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. उक्त मिशनहरुको भ्रमण पुरा गरी आज मिति २०७१ भाद्र २८ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधानसेनापति श्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले स्वागत गर्नु भएको थियो । साथै विमानस्थलकोे अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा रथीबृन्द, नेपाल स्थित संयुक्त राष्ट्रसंघका UN Resident Co-ordinator Mr. Jamie Mc Goldrick लगायत नेपालस्थित आवसीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

३. उक्त भ्रमणको दौरान प्रधानसेनापतिद्धारा MONUSCO  मिशन Congo र UNMISS मिशन South Sudan मा तैनाथ नेपाली शान्ति सैनिकहरुसंग भेटघाट तथा सम्बोधन, तैनाथ युनिट तथा पोष्टहरुको निरीक्षण गर्नुका साथै त्यहांको बस्तुस्थितिका बारेमा स्थलगत जानकारी लिनु भएको थियो । भ्रमणका क्रममा प्रधानसेनापति श्री राणाले दुवै मिशनहरुका Force Commander लगायत उच्चपदस्थ सैनिक अधिकारीहरु, संयुक्त राष्ट्र संघका निजामती कर्मचारीहरु तथा उक्त देशका स्थानिय पदाधिकारीहरुसंग समेत भेटवार्ता गर्नु भएको थियोे । स्वदेश फर्कने क्रममा प्रधानसेनापति श्री राणाले Kenya का Chief of the Defence Forces, Gen (Dr) Julius W Karangi, संग भेटघाट गर्नुका साथै National Defence College तथा International Peace Support Training Center (IPSTC) को समेत भ्रमण गर्नु भएको थियो ।

४. शान्ति स्थापनार्थ नेपाली सैनिकहरु खट्टिरहेको मिशनहरुमा प्रधानसेनापतिद्धारा भएको यस भ्रमण र संयुक्त राष्ट्रसंघ तथा उक्त देशका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न मद्दत पुग्नुको साथै संयुक्त राष्ट्रसंघ तथा नेपाल र उक्त राष्ट्रहरुबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई जनस्तरसम्म अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।