प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा सहभागी

१. United States Pacific Command (US PACOM) तथा Royal Brunei Armed Forces को संयुक्त तत्वावधानमा मिति २०७१ कार्तिक १७ गतेदेखि मिति २०७१ कार्तिक २० गतेसम्म ब्रुनाईको Darussalam मा आयोजना हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सहभागी हुनु भएको छ।  

२. प्रधानसेनापति श्री राणाले आज मिति २०७१ कार्तिक १७ गते (तदनुसार November 3, 2014) निर्धारित कार्यक्रम अनुसार General Dato Paduka Seri Tan Sri Dato" Sri Zulkifeli bin Mohd Zin, Chief of Defence Force, Malysian Armed Forces तथा माल्दिभ्सका Maj Gen Ahmed Shiyam, Chief of Defence Force, Maldives National Defence Forces संग छुट्टाछुट्टै द्धिपक्षिय भेटघाट गर्नु भएको छ। 

३. "Annual Chief of Defence Conference (CHOD) 2014" को प्रारम्भमा US PACOM Commander Admiral Samuel J Locklear, III  र  Commander Royal Brunei Armed Forces Major General Dato Seri Pahlawan Mohd Tawih Bin Abdullah ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। साथै सहभागी सेना प्रमुखहरुको सम्मानमा रात्रीभोजको समेत आयोजना गरिने कार्यक्रम रहेको छ।