प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा सहभागी हुन बु्रनाई तर्फ प्रस्थान

१. US PACOM Commander Admiral Samuel J Locklear, III र Commander Royal Brunei Armed Forces Major General Dato Seri Pahlawan Mohd Tawih Bin Abdullah को संयुक्त निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मिति २०७१ कार्तिक १५ गते राती ११५० बजे मलेशियन एयरलाईन्सबाट बु्रनाई प्रस्थान गर्नु भएको थियो।
  
२. प्रधानसेनापति श्री राणा United States Pacific Command (US PACOM) तथा Royal Brunei Armed Forces को संयुक्त तत्वावधानमा मिति २०७१ कार्तिक १७ गतेदेखि मिति २०७१ कार्तिक २० गतेसम्म ब्रुनाईको Darussalam मा आयोजना हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा सहभागी हुने कार्यक्रम रहेको छ।   

३. प्रधानसेनापति राणालाई बु्रनाई प्रस्थान गर्नुपुर्व जंगी अड्डा परिसरमा सम्मान स्वरुप सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो भने वहांलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा बलाधिकृत रथी श्री पवन बहादुर पा48डेले विदाई गर्नु भएको थियो। सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुहको उपस्थिति रहेको थियो।
 
४. प्रधानसेनापति श्री राणाको अनुपस्थितिमा का.मु. प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी श्री पवन बहादुर पाडेले सम्हाल्नु हुनेछ।  

५. उक्त सम्मेलनमा सहभागी हुनु भई प्रधानसेनापति श्री राणा मिति २०७१ कार्तिक २१ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।