सर्पको टोकाईबाट सैनिक अधिकृतको असामयिक निधन

१. बारा जिल्लाको अमलेखगञ्जस्थित प्रतिबिद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा तालिमरत उप सेनानी विवेक कडायतको आज मिति २०६७ आश्विन २४ गते राती बिषालु सर्पको टोकाईबाट असामयिक निधन भएको छ । २. स्वर्गीय कडायतको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि नेपाली सेना श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।