प्रधानसेनापति र Republic of Korea का गैर आवासीय सैनिक सहचारीवीच भेटवार्ता

१. आज मिति २०७१ कार्तिक ११ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग भारतको नयांदिल्ली स्थित Republic of Korea राजदुतावासमा कार्यरत नेपालका लागि नवनियुक्त गैर आवासीय सैनिक सहचारी Colonel Choul Hwan Kim ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ।  
 
२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति श्री राणा र कोरियाका सैनिक सहचारीबीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो।