नेपाली सेना भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको समापन

१. नेपाली सेनाका अवकाश प्राप्त पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीबृन्दहरुको सहभागितामा मिति २०७१ कार्तिक १० गतेबाट सुरु भएको भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आज मिति २०७१ कार्तिक ११ गते समापन भएको छ।  
२. उक्त कार्यक्रममा बलाधिकृत रथी श्री पवन बहादुर पाडेले स्वागत मन्तव्य दिनु भएको थियो। उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सैनिक नेतृत्व आफैंमा चुनौतिपूर्ण रहने बताउनु हुंदै सेनाको तालिम, अपरेशनल तयारी लगायत नियमित कार्यहरु सहज रुपमा सम्पादन हुंदै आएको कुरा बताउनु भएको  थियो।  
३. विषम परिस्थितिहरुको बाबजुद नेपाली सेनाको अराजनीतिक चरित्र, व्यवसायिकता तथा आधुनिक सेनाको रुपमा रुपान्तरण गर्ने उद्देश्यले संस्थागत सुझावहरुको आधारमा "कमाड मार्ग निर्देशन-२०६९" जारी गरेको बताउनु हुंदै प्रधानसेनापति श्री राणाले तिनै लक्षयहरुको आधारमा "दीर्घकालिन योजना-२०६९" समेत लागु भई सकेको बताउनु भएको थियो। 

४. प्रधानसेनापति श्री राणाले अनुशासित, नैतिकवान एवम् क्षमतावान नेतृत्व वर्ग सेनाको मेरुद48ड मात्र नभई राष्ट194्रको आवश्यकता समेत रहेको हुंदा 195166सैनिक सेवा नियमावली226128147२०६९195134 लागु गरी अधिकृत लगायत सकल दर्जाहरुलाई योग्यताका आधारमा पदोन्नती दिने व्यवस्था गरिएको बताउनु हुंदै यसबाट सक्षम कमा48डरहरुका लागि माथिल्लो ओहोदाको ढोका खुल्नुका साथै संस्था दरिलो बन्दै जाने विश्वास व्यक्त गर्नु भएको छ। 

५. साथै, प्रधानसेनापति श्री राणाले यस किसिमको अन्तरक्रिया कार्यक्रम मार्फत पूर्व रथीबृन्दहरुको लामो अनुभव तथा ज्ञान र सिपको उपयोग गर्दै अन्तरक्रियाबाट आएका रचनात्मक टिप्पणी, प्रतिक्रिया र सहयोगले नेपाली सेनालाई अझ बढी सक्षम एवम् सवल बनाउन बस्तुगत आधार प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो। 

६. उक्त कार्यक्रममा "दीर्घकालिन योजना-२०६९" को प्रगति प्रतिवेदन तथा समिक्षा, कल्याणकारी निर्देशनालय तथा कल्याणकारी बोर्ड तथा Professional Military Education (PME) बारे प्रस्तुतिकरण भएको थियो भने कार्यक्रममा सहभागीहरुले छलफल तथा अन्तरक्रियामा सक्रिय भूमिका खेली सार गर्भित सुझावहरु प्रदान गर्नु भएको थियो। 
७. जंगी अड्डा परिसर र श्री सैनिक शिक्षालय, नगरकोटमा संचालन भएको उक्त कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु तथा पूर्व रथीबृन्दहरु ३५ जना र रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं वहालवाला रथीबृन्दहरु गरी जम्मा ६५ जनाको उपस्थिति थियो।