नेपाली सेनाले भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै

१. विगत झैं नेपाली सेनाका अवकाश प्राप्त पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीबृन्दहरुको सहभागितामा भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मिति २०७१ कार्तिक १० देखि मिति २०७१ कार्तिक ११ गते सम्म गर्ने कार्यक्रम रहेको छ।  

२. नेपाली सेनाले अवलम्बन गरेका अल्पकालिन एवं दीर्घकालिन कार्ययोजनाको बारेमा समिक्षा, नेपाली सेनाको व्यवसायिकताको विकासका विभिन्न पक्षहरु एवं राष्टि्य र अन्तर्राष्टि्रय सुरक्षा एवं सामरिक परिवेश तथा राष्टि्य हितका बारेमा पूर्व रथीबृन्दहरुको लामो अनुभव तथा ज्ञान र सिपको उपयोग गर्ने उद्देश्यले संचालन हुन लागेको उक्त कार्यक्रम दुई दिन सम्म संचालन गरिने योजना रहेको छ। 
 
३. साथै पूर्व प्रधानसेनापतिहरु, पूर्व रथीबृन्दहरु, का.मु. रक्षा सचिव तथा अन्य पदाधिकारीहरु एवं वहालवाला रथीबृन्दहरुको उपस्थिति रहने उक्त कार्यक्रममा विभिन्न पूर्व निर्धारित विषयहरुमा प्रस्तुतिकरण, छलफल र अन्तरक्रिया हुनेछ।