नेपाली सेनाद्धारा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्य जारी

१. मिति २०७१ आश्विन २८ गतेदेखि नेपाली सेनाले मनाङ, मुस्ताङ तथा डोल्पा जिल्लाका बिभिन्न स्थानमा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्य जारी राखेको  छ।  

२. आज मिति २०७१ कार्तिक ०४ गते मुस्ताङ जिल्लामा खट्टृीएको नेपाली सेनाको Alpine Rescue टिमले मुस्ताङ जिल्लाको थोराङपास ईलाकाबाट २ नेपाली नागरिकको शव उद्धार गरी जोमसोम ल्याएको छ। त्यसैगरी मनाङ जिल्लाको फु गा.वि.स. तथा डोल्पा जिल्लाको साङतापास आसपासका ईलाकामा हराएकाहरुको नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको छ। साथै, नेपाली सेनाले हराएका पदयात्रीहरुको खोज तथा उद्धार कार्यलाई जारी राखेको तथा भोलि पनि उद्धार कार्य जारी रहनेछ।