प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा सहभागी हुनु भई स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. United States Pacific Command (US PACOM) तथा Royal Brunei Armed Forces को संयुक्त तत्वावधानमा मिति २०७१ कार्तिक १७ गतेदेखि मिति २०७१ कार्तिक २० गतेसम्म ब्रुनाईको Darussalam मा संचालन भएको एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा सहभागी हुनु भई हिजो मिति २०७१ कार्तिक २१ गतेको २२४० बजे स्वदेश फिर्ता हुनु भएको छ। प्रधानसेनापति श्री राणालाई त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा बलाधिकृत रथी श्री पवन बहादुर पाडेले स्वागत गर्नु भएको थियो। 
 
२. सम्मेलनको प्रारम्भमा US PACOM Commander Admiral Samuel J Locklear, III र Commander Royal Brunei Armed Forces Major General Dato Seri Pahlawan Mohd Tawih Bin Abdullah ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सहभागी सेना प्रमुखहरुको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा प्रधानसेनापति श्री राणा सहभागी हुनु भएको थियो। 
 
३. उक्त सम्मेलनको सिलसिलामा "Multilateralism: Practical Cooperation Towards Shared Responsibility", "Overcoming the Limitations of Multilateralism" "Effective Global Governance as a Guiding Concept of Asia Pacific", "Roles of the Armed Forces in Response to New and Emerging Security Challenges" र "Military Operations Other than War (MOOTW)" का विषयमा प्रस्तुतिकरण, अन्तरक्रिया एवं छलफल भएको थियो। 

४. यसैगरी, सम्मेलनको सिलसिलामा प्रधानसनेापति श्री राणाले बु्रनाईका राजकुमार Haji Al-Muhtadee Billah संग भेटघाट गर्नु भएको थियो भने Lt Gen Gao Jin, Assistant Chief of General Staff of the People"s Liberation Army (PLA), Admiral Choi Yoon Hee, Chairman of the Joint Chiefs of Staff (CJCS), Republic of Korea, Maj Gen Dato Paduka Seri Mohd Tawin bin Abdullah, Commander of the Royal Brunei Armed Forces, Admiral Samuel J. Locklear, Commander, United States Pacific Command, General Wurapong Sanganetra, Chief of Defence Force, Royal Thai Armed Forces, General Dato Paduka Seri Moeldoko, Commander-in-Chief of the Indonesian National Defence, Air Chief Marshal Sir Stuart Peach, Vice Chief of the Defence Staff, British Armed Forces, General Dato Paduka Seri Tan Sri Dato" Sri Zulkifeli bin Mohd Zin, Chief of Defence Force, Malysian Armed Forces तथा माल्दिभ्सका Maj Gen Ahmed Shiyam, Chief of Defence Force, Maldives National Defence Forces संग छुट्टाछुट्टै कार्यक्रममा भेटघाट तथा द्धिपक्षिय छलफल भएको थियो। 

५. साथै, यस किसिमको सम्मेलनले सहभागी राष्ट्रहरु बिचको सैनिक तथा कुटनीतिक सम्बन्ध अभिबृद्धि गर्नुको साथै आपसी सहयोग तथा सहकार्यको क्षेत्र विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।