Legal Aspects of Military Operation Course को शुभारम्भ

१. मिति २०७१ कार्तिक १८ गतेदेखि मिति २०७१ कार्तिक २० गतेसम्म संचालन हुने Legal Aspects of Military Operation Course को आज मिति २०७१ कार्तिक १८ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच ICRC का ICRC sf Head of Delegate Ms Dragana Kojic द्धारा शुभारम्भ भएको छ।   

२. नेपाली सेनाका सकल दर्जाहरुलाई अन्तर्राष्टि्रय मानवीय कानुन तथा अन्तर्राष्टि्रय मानव अधिकार सम्बन्धी विषयमा प्रशिक्षित गराउने उद्देश्य बमोजिम नेपाली सेना र रेडक्रसको अन्तर्राष्टि्रय समिति (ICRC) को संयुक्त तत्वावधानमा उक्त तालिम संचालन गरिएको हो।  
 
३. उक्त शुभारम्भ कार्यक्रममा कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाह, प्राड उपरथी श्री होम कुमार लावती लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।   

४. साथै यस प्रकारको तालिमले नेपाली सेना अन्तर्राष्टि्रय मानवीय कानुन तथा अन्तर्राष्टि्रय मानव अधिकार जस्ता विषयहरुमा विज्ञता एवं जानकारी प्राप्त गरी मानव अधिकारको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।