प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. "Annual Chiefs of Defence (CHOD) Conference 2014" मा

१. United States Pacific Command (US PACOM) तथा Royal Brunei Armed Forces को संयुक्त तत्वावधानमा ब्रुनाईको Darussalam मा आयोजना भईरहेको एशिया प्रशान्त क्षेत्रका राष्ट194्रहरुका सेना प्रमुखहरुको वार्षिक सम्मेलन "Annual Chiefs of Defence (CHOD) Conference 2014" अन्तर्गत संचालन भएको विभिन्न कार्यक्रममा  प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सहभागिता जनाउनु भएको छ।  

२. उक्त सम्मेलनको सिलसिलामा आज मिति २०७१ कार्तिक १८ गते "Multilateralism: Practical Cooperation Towards Shared Responsibility" का विषयमा भएको प्रस्तुतिकरण, अन्तरक्रिया एवं छलफल भएको छ भने पूर्व निर्धारित विभिन्न विषयहरुमा छलफल गर्ने क्रममा "Overcoming the Limitations of Multilateralism" विषयमा अन्तरक्रिया समेत भएको थियो।
   
३. यसैगरी, प्रधानसेनापति श्री राणाले आज मिति २०७१ कार्तिक १८ गते (तदनुसार November 4, 2014) निर्धारित कार्यक्रम अनुसार बु्रनाईका राजकुमार Haji Al-Muhtadee Billah संग भेटघाट गर्नुका साथै Lt Gen Gao Jin, Assistant Chief of General Staff of the People"s Liberation Army (PLA) तथा Admiral Choi Yoon Hee, Chairman of the Joint Chiefs of Staff (CJCS), Republic of Korea संग छुट्टाछुट्टै कार्यक्रममा भेटघाट एवं द्धिपक्षिय छलफल भएको छ।