"प्रधानसेनापति अन्तराष्टि्रय महिला फुटवल प्रतियोगिता २०७१" को समापन

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा मिति २०७१ आश्विन २७ गतेबाट संचालन भएको "प्रधानसेनापति अन्तराष्टि्य महिला फुटवल प्रतियोगिता २०७१" आज मिति २०७१ कार्तिक ०३ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहकाबीच सम्पन्न भएको छ। आज त्रिभुवन आर्मी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिमबीच भएको फाईनल खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमको १-१ गोलको बराबरी भएकोले थप गरिएको ३० मिनेटमा समेत निर्णय हुन नसकेपछि ट्राई ब्रेकरमा फेरी दुबै टिमले पुनः ३-३ गोल गरेकोले Sudden death मा त्रिभुवन आर्मी महिला फुटवल टिमले पुनः १ गोल गरी ४-३ गोलले विजयी भएको छ। 
 
२. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित उक्त समापन समारोहमा महारथी श्री ज.ब.रा.ले प्रतियोगितामा सर्बप्रथम हुने त्रिभुवन आर्मी महिला फुटवल टिमलाई ट्रफी र नगद रु.३,००,०००  
(तीनलाख) प्रदान गर्नु भएको थियो। साथै सहभागी खेलाडीहरुमध्ये उत्कृट चार बिधाका खेलाडीहरु मध्ये गोलकिपरमा सशस्त्र प्रहरी महिला फुटवल टिमकी अन्जीला तुम्बापो, डिफेन्डरमा सशस्त्र प्रहरी महिला फुटवल टिमकी मनमाया लिम्बु, मिडफिल्डरमा त्रिभुवन आर्मी महिला फुटवल टिमकी दिपा राई, फर्वार्डमा त्रिभुवन आर्मी महिला टिमकी अन्चली वाईवा र उत्कृष्ट प्रशिक्षकमा त्रिभुवन आर्मी महिला फुटवल टिमका रमेश महर्जनलाई प्रधानसेनापति महारथी श्री गौरव शम्शेर राणाले जनही नगद रु १०००० (दश हजार) र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी महिला फुटवल टिमकी कृष्णा खत्रीलाई स्कुटर प्रदान गर्नु भएको थियो।  

३. उक्त समापन समारोहमा द्धितिय हुने सशस्त्र प्रहरी महिला फुटवल टिमलाई बलाधिकृत रथी श्री पवन वहादुर पाडेले नगद रु १,५०,००० (एकलाख पचास हजार) प्रदान गर्नु भएको थियो भने सोही अवसरमा बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले सेमिफाईनलमा सहभागी टिमहरुलाई जनही नगद रु. ५०००० (पचास हजार) तथा उक्त टिमका खेलाडीहरु, रेफ्रि तथा अफिसियलहरुलाई कदरपत्र प्रदान गर्नु भएको   थियो ।  

४. नकआउटका आधारमा संचालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतका महिला फुटवल टिम दुई, पांचै विकाश क्षेत्रका महिला फुटवल टिम ५ लगायत विभागीय टिमहरु त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम गरी कुल १० टिम सहभागी थिए। 
 
५. उक्त समापन समारोह कार्यक्रममा नेपाल फुटवल संघका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो।
  
६. स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्टि्रय तथा अन्तराष्टि्रय खेलकुद उत्थानको लागि सदैव लागि परेको छ। नेपाली सेना त्रिभुवन आर्मी क्लवमा विभिन्न बिद्याका खेलाडीहरुलाई प्रशिक्षण गराई विभिन्न राष्टि्रय तथा अन्तर्राष्टि्रय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउदै आईरहेको सन्दर्भमा अन्तराष्टि्रय स्तरमा महिला फुटवलको स्तर अभिबृद्धि तथा महिला खेलाडीहरुलाई समाबेशिकरण र समान अवसर प्रदान गर्ने उद्देश्य सहित नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल महिला संघको प्राविधिक सहयोगमा आयोजित "प्रधानसेनापति अन्तराष्टि्रय महिला फुटबल प्रतियोगिता २०७१" मा महिला खेलाडीहरुले गरेको प्रदर्शन, पेशागत दक्षता तथा खेल प्रतिको बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा पनि निरन्तरताको आवश्यकता महसुश गराएको छ।