नेपाली सेनाद्वारा उद्धार

१. धादिङ्ग जिल्लाको मार्पाक गा.वि.स वडा नं. ७ चापकुनामा हिजो मिति २०६७ आश्विन २७ गतेको राती ११ बजे धादिङ्गबेसीबाट मार्पाक जादै गरेको बा.२.ख १२६९ नम्वरको फोर व्हील मिनि ट्रक दुर्घटना हुंदा घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट आज मिति २०६७ आश्विन २८ गतेको बिहान करिव ८ बजे उद्धार गरी उपचारको लागि काठमाडौं ल्याएको छ । २. दुर्घटनामा घाईते भएकी गुम्दी ७ बस्ने बर्ष ३१ को सुधा सिंखडा, बर्ष ११ की स्नेहा सिंखडा, बर्ष ९ की स्वीकृत सिंखडा, सत्यदेवी ८ बस्ने बर्ष २८ की ज्योती गुरुङ्ग र बर्ष ७ की श्रृजना गुरुङ्गलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याईएको हो । साथै उक्त घटनामा परि गुम्दी ७ बस्ने बर्ष ३२ को शिव राम सिंखडा र सत्यदेवी ८ बस्ने बर्ष १९ को हेम कुमार राना मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।