नेपाली सेनाद्धारा मनाङ तथा मुस्ताङ जिल्लाका बिभिन्न क्षेत्रमा उद्धार कार्य जारी

१. मिति २०७१ आश्विन २८ गतेदेखि नेपाली सेनाले मनाङ तथा मुस्ताङ जिल्लाका बिभिन्न स्थानमा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्य 

जारी राखेको  छ।  

२. आज मिति २०७१ कार्तिक ०३ गते मुस्ताङ जिल्लामा खिट्टएको नेपाली सेनाको Alpine Rescue टिमले मुस्ताङ जिल्लाको ड्रम्प क्याम्प 

ईलाकामा फेला परेको ईजरायली महिलाको शव मनाङ एयरको हेलिकप्टरद्धारा काठमाडौ ल्याएको छ भने नेपाली सेनाको स्काई ट्रकद्धारा जोमसोमबाट ९ जना नेपालीको 

शव तथा नेपाली सेनाको इक्युरेल हेलिकप्टरले मनाङ जिल्लाको फु गा.वि.स. बाट २ जना भारतीय नागरिकको शव काठमाडौ स्थित शिक्षण अस्पतालमा ल्याई 

बुझाएको छ।
  
३. त्यसैगरी मनाङ जिल्लाको फु गा.वि.स. आसपासका ईलाकामा हराईरहेका भारतीय नागरिक १ तथा क्यानेडेली नागरिक ४ को खोजी कार्यको लागि 

नेपाली सेनाको टोली परिचालन भई खोजी कार्य जारी राखेकोे छ। साथै, नेपाली सेनाले हराएकाहरुको खोज तथा उद्धार कार्यलाई तिव्र गतिमा जारी राखेको तथा भोलि 

पनि उद्धार कार्य जारी रहनेछ।