नेपाली सेनाद्धारा मनाङ जिल्लाका बिभिन्न क्षेत्रमा उद्धार कार्य जारी

१. मिति २०७१ आश्विन २८ गतेदेखि नेपाली सेनाले मनाङ तथा मुस्ताङ जिल्लाका बिभिन्न स्थानमा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्य जारी राखेको  छ।  

२. आज मिति २०७१ कार्तिक ०२ गते मनाङ जिल्लामा खिट्टएको नेपाली सेनाको Alpine Rescue टिमले मनाङ जिल्लाको ट्यांङकी मनाङ ईलाकाबाट १ जना घाईते डच नागरिकको उद्धार गरी नेपाली सेनाको ईक्युरेल हेलिकप्टरद्धारा काठमाडौ ल्याईएको  छ। त्यसैगरी मनाङ जिल्लाको थोरोङफेदी इलाकाबाट १ घाईते नेपाली नागरिकको सकुशल उद्धार गरी हेलिकप्टरद्धारा चामे इलाकामा ल्याईएको छ भने मनाङ जिल्लाको फु गा.वि.स. मा २ भारतीय नागरिकको शव फेला परेको छ। 
 
३. त्यसैगरी मनाङ जिल्लाको लेदर र थोराफेदीको बिचमा हराईरहेका भारतीय मुलका क्यानेडेली नागरिक १, मनाङ जिल्लास्थित नार इलाकामा रहेको नेपाली नागरिक ३, मनाङ जिल्लास्थित फु गा.वि.स. मा बांकी रहेको भारतीय नागरिक १ तथा क्यानेडेली नागरिक ४ को खोजी कार्य जारी रहेको छ। साथै, नेपाली सेनाले हराएकाहरुको खोज तथा उद्धार कार्यलाई तिव्र गतिमा जारी राखेको तथा भोलि पनि उद्धार कार्य जारी रहनेछ।