प्रधानसेनापतिद्धारा मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७१ आश्विन ३० गतेबाट मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले आज मिति २०७१ कार्तिक १ गते उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गर्नुभएको छ।  

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले मिति २०७१ आश्विन ३० गते सल्यान जिल्ला स्थित भगवतीदल गण, रोल्पा जिल्ला दहवन स्थित देवीदत्त गणको सुरक्षा बेश र सुर्खेत जिल्ला स्थित मध्य पश्चिम पृतना हे.क्वा. तथा हाताभित्रका युनिटहरुको निरिक्षण भ्रमण गर्नु भएको थियो। त्यसैगरी मिति २०७१ आश्विन ३१ गते सुर्खेत जिल्ला स्थित कालीदत्त गुल्म, जुम्ला जिल्ला स्थित नं. २४ बाहिनी अड्डा तथा बर्दिया तथा सुर्खेतको बाढी प्रभावित ईलाकाको हवाई निरिक्षण गर्नु भई रणशार्दुल गणको निरिक्षण भ्रमण गर्नु भएको थियो।  

 ३. निरिक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नु भएको थियो भने उक्त स्थानहरुमा तैनाथ युनिटका सकल दर्जाहरुलाई सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो। 

४. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ।