"प्रधानसेनापति अन्तराष्टिय महिला फुटवल प्रतियोगिता २०७१" अन्तर्गत सेमिफाईनल खेल सम्पन्न

१. नेपाली सेनाद्धारा आयोजित "प्रधानसेनापति अन्तराष्टि्य महिला फुटवल प्रतियोगिता २०७१" अन्तर्गत आज मिति २०७१ कार्तिक ०१ गतेको अपरान्ह जंगी अड्डा स्थित खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले नेपाल पुलिस महिला फुटवल टिमलाई ३-२ को गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ। उक्त खेल निर्धारित ९० मिनेटमा कुनै टिमलेपनि गोल नगरे पश्चात पुनः थप गरिएको ३० मिनेटमा समेत गोल नभएपछि ट्राईबेकरमा  सशस्त्र प्रहरी महिला फुटवल टिमको तर्फबाट अनिता बस्नेत, सजना राणा र रेणुका नगरकोटीले क्रमश १-१ गोल गरेका थिए भने नेपाल पुलिस महिला फुटवल टिमको तर्फबाट खिम कुमारी गुरुङ र अमृता जैसीले क्रमश १-१ गोल गरेका थिए। 

२. यसै गरी आजै अपरान्ह भएको दोश्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिमले भारतको बिहारको महिला फुटवल टिमलाई ४-१ को गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ। उक्त खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिमका तर्फबाट कृष्णा खत्रीले २ गोल तथा दिपा अधिकारीले १ गोल गरेका थिए भने बिहारको महिला फुटवल टिमका पुजा कुमारीले आत्मघाती १ गोल गरेकी थिईन्। त्यसैगरी बिहारको महिला फुटवल टिमका तर्फबाट अर्चना कुमारीले १ गोल गरेकी थिईन्। 

३. मिति २०७१ कार्तिक ०३ गते जंगी अड्डा स्थित खेल मैदानमा अपरान्ह १४०० बजे त्रिभुवन आर्मी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिमबीच फाईनल खेल हुने कार्यक्रम रहेको छ।