प्रधानसेनापतिद्धारा मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. मध्य पश्चिम पृतना अन्तर्गत युनिटहरुको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७१ आश्विन ३१ गते डोल्पा जिल्ला स्थित कालीदत्त गुल्म, जुम्ला जिल्ला स्थित नं.२४ बाहिनी अड्डा तथा बर्दिया जिल्ला स्थित रणशार्दुल गणको निरीक्षण भ्रमण गर्नु भएको छ।
 
२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु हुंदै आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो।
 
३. बर्दिया जिल्लामा तैनाथ रहेको रणशार्दुल गणको फौजलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले बाढी पहिरोको समयमा उक्त गणका सकल दर्जाहरुले अति जोखिमपूर्ण परिस्थितिमा समेत उद्धार कार्यमा खिट्टई सर्व साधारण जनताको धनजनको सुरक्षार्थ गरेको कार्यको प्रशंसा गर्नुका साथै उक्त कार्य सम्पन्न गर्दा मृत्यु भएका जवानहरुप्रति हार्दिक समवेदना समेत प्रकट गर्नु भयो। साथै भविष्यमा समेत यस्ता जोखिमपूर्ण परिस्थितिमा कटिबद्ध भई परिचालन हुन निर्देशन समेत दिनु भयो। 

४. प्रधानसेनापति महारथी श्री राणाले आजै बर्दिया तथा सुर्खेतको बाढी प्रभावित ईलाकाको हवाई निरीक्षण समेत गर्नु भएको छ। 

५. प्रधानसेनापति श्री राणा आज सुर्खेत स्थित मध्य पश्चिम पृतना हे.क्वा.मा मुकाम तथा भोलि मिति २०७१ कार्तिक १ गते काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ।