Republic of Poland का महामहिम राजदुतद्धारा नेपाली सेनाले गरेको उद्धार कार्यको प्रशंसा

१. आज मिति २०७१ आश्विन ३१ गते बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेसंग Republic of Poland राजदुतावासका गैह्र आवासीय महामहिम राजदुत H.E. Mr. Tomasz Lukaszuk र Honorary Consul General Mr. Lokmanya Golchha ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ।  

२. उक्त अवसरमा बलाधिकृत रथी श्री पाण्डेसंग पोल्याण्डका राजदुतद्धारा हालै अन्नपूर्ण पदयात्रा रेञ्जमा भएको भारी हिमपातमा फसेका स्वदेशी तथा विदेशी पदयात्रीहरुलाई प्रतिकुल मौषम र भौगोलिक अवस्थामा गरेको उद्धार कार्यको प्रशंसा गर्नुका साथै द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो।