व्यवसायिक तालिम अवधारणा विकास गोष्ठी समापन

१. सैनिक श्रीमती संघले मिति २०७१ आश्विन २६ गतेबाट सञ्चालन गरेको व्यावसायिक तालिम अवधारणा विकास सम्बन्धि गोष्ठीको आज मिति २०७१ आश्विन ३० गते बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न भएको छ। सैनिक श्रीमती संघले नेपाली सेनामा आवद्ध बहालवाला तथा अवकास प्राप्त सकलदर्जाका श्रीमतीहरु एवं एकल महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्न सैनिक श्रीमती संघले छाउनीमा आफ्नै छुट्टै व्यावसायिक तालिम केन्द्र (Vocational Training Centre)को स्थापना गरेसंगै सो गोष्ठीको आयोजना गरिएको हो ।

२. त्रिभुवन आर्मी अफिसर्स क्लवमा आयोजित ५ दिवसीय उक्त गोष्ठीमा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरुले विविध विषयमा व्याख्यान दिनुभएको थियो। सो गोष्ठीले सहभागीहरुलाई छलफल तथा अन्तरक्रियामा सक्रिय सहभागी गराई तालिमको अवधारणा विकास गरेको छ।
 
३. मिति २०७१ आश्विन २६ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सो गोष्ठीको उद्घाटन गर्नुभएको थियो। समापन समारोहमा संघकी अध्यक्ष श्रीमती रोहिणी राणाले अतिथि वक्ताहरुलाई मायाको चिनोस्वरुप उपहार प्रदान गर्नु भएको थियो। उक्त अवसरमा संघकी उपाध्यक्ष श्रीमती कल्पना पाण्डेले समापन मन्तव्य दिनु भएको  थियो। 

४. समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, पूर्व अध्यक्षहरु, सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, रथीवृन्द, अधिकृतहरु, पत्रकारहरु, संघका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।