नेपाली सेनाद्धारा मुस्ताङको थोराङपासमा उद्धार कार्य जारी

१. मिति २०७१ आश्विन २८ गतेदेखि मुस्ताङको थोराङपास ईलाकामा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्य नेपाली सेनाले जारी राखेको छ। 
 
२. आज मिति २०७१ आश्विन ३० गते थोराङपास र Drum Camp ईलाकाबाट डा. अधिकृत सहित खिट्टएको नेपाली सेनाको Alpine Rescue टिमले १ जना ईजरायली नागरिकलाई जिवितै उद्धार गरेको छ भने अन्य ८ जनालाई मृत अवस्थामा फेला पारेको छ। मृतक मध्ये ६ जनाको सनाखत भईसकेको छ जसमध्ये ३ जना नेपाली नागरिक (पुरुष) २ जना ईजरायली नागरिक (१ महिला १ पुरुष) र १ जना पोल्या48डका नागरिक (महिला) रहेका छन् भने बांकी २ जना मृतकको सनाखत हुन बांकी रहेको  छ। मृत अवस्थामा फेला पारि मुक्तिनाथ ईलाकामा उद्धार गरिएका पदयात्रीहरुमा २ जना नेपाली नागरिक, २ जना ईजरायली नागरिक र १ जना पोल्या48डका नागरिक रहेका छन्। बांकी ३ जना मृतकहरुलाई मौसमको खरावीको कारणले उद्धार गर्न कठिनाई भएको छ।   

३. हिजो मिति २०७१ आश्विन २९ गते जिवितै उद्धार गरिएका पदयात्रीहरुको श्री वीरेन्द्र अस्पतालमा उपचार भईरहेको र निजहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ। साथै अन्य मृतकहरुको शव नेपाल प्रहरीलाई बुझाईएको छ। यसैगरी नेपाली सेनाले हराएकाहरुको खोज तथा उद्धार कार्यलाई तिव्र गतिमा जारी राखेको तथा भोलि पनि उद्धार कार्य जारी रहनेछ।