"प्रधानसेनापति अन्तर्राष्ट्रय महिला फुटवल प्रतियोगिता" जारी

१. मिति २०७१ आश्विन २७ गतेबाट जंगी अड्डा स्थित खेल मैदानमा जारी "प्रधानसेनापति अन्तर्राष्ट्रय महिला फुटवल प्रतियोगिता" को आज मिति २०७१ आश्विन ३० गते भारतको विहारको महिला टिम र पूर्वाञ्चल महिला टिमबीच पहिलो खेलमा विहार महिला टिमले पूर्वाञ्चल महिला टिमलाई १-० गोल अन्तरले पराजित गरेको छ। आजै भारतकै सिक्किमको महिला टिम र सशस्त्र प्रहरी महिला टिमबीच भएको खेलमा सशस्त्र प्रहरी महिला टिमले सिक्किम महिला टिमलाई ३-० गोल अन्तरले पराजित गरेको छ।  

२. यसैगरी सोही प्रतियोगिता अन्तर्गत मिति २०७१ कार्तिक १ गते सेमिफाईनल खेल संचालन हुनेछ।