नेपाली सेनाद्धारा मनाङको थोराङपासबाट स्वदेशी तथा विदेशी पदयात्रीहरुको उद्धार

१. मिति २०७१ आश्विन २८ गते मनाङबाट मुस्ताङतर्फ ट्रेकिङमा हिडेका स्वदेशी तथा विदेशी पदयात्रीहरु विगत केही दिनदेखि भएको भारी हिमपातको कारण मनाङको थोराङपास ईलाकामा फसेका पदयात्रीहरुलाई जिवितै र मृत अवस्थामा नेपाली सेनाले आज उद्धार गरेको छ। मुस्ताङ जिल्लाको थोराङपास ईलाकामा फसेका पदयात्रीहरुको उद्धारका लागि डा. अधिकृत सहित खिट्टएको नेपाली सेनाको Alpine Rescue टिमले १८ जना पदयात्रीहरुलाई उद्धार गरी मुक्तिनाथ ईलाकामा ल्याएको छ।  

२. घट्नाको विषयमा जानकारी हुने वित्तिकै जोमसोममा रहेको नेपाली सेनाको उद्धार टोली घट्नास्थलमा हिजो सांझैबाट परिचालन गरिएको थियो र आज विहानै काठमाण्डौबाट हेलिकप्टर सहित गएको थप खोज तथा उद्धार टोलिले आज मिति २०७१ आश्विन २९ गते थोराङपास र एक्लेघट्टी ईलाकाको विचमा पर्ने Drump Camp ईलाकाबाट २२ स्वदेशी तथा विदेशी पदयात्रीहरुलाई मृत र जीवित अवस्थामा उद्धार गरेको छ। उक्त २२ जनामध्ये ४ जना मृत अवस्थामा र १८ जना पदयात्रीहरुलाई जिवितै उद्धार गरी मुक्तिनाथ ईलाकामा ल्याई सकिएको छ। मृत्यु हुनेहरुमा २ जना पोल्याण्डका, १ जना ईजरायली र १ जना नेपाली पदयात्रीहरु रहेका छन्। जसमध्ये १४ जना घाईते पदयात्री र ४ जना उक्त मृतकहरुको शवलाई काठमाण्डौ ल्याई सकिएको छ। साथै खोजतलाश तथा उद्धार कार्य दु्रत गतिमा भईरहेको र भोलि पनि उद्धार कार्य जारी राखिने छ।