"प्रधानसेनापति अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता" जारी

१. मिति २०७१ आश्विन २७ गतेबाट जंगी अड्डा स्थित खेल मैदानमा जारी "प्रधानसेनापति अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता" को दोश्रो दिन आज मिति २०७१ आश्विन २८ गते सुदुर पश्चिम महिला टिम र नेपाल प्रहरी महिला टिमबीच भएको पहिलो खेलमा नेपाल प्रहरी महिला टिमले सुदुर पश्चिमाञ्चल महिला टिमलाई १५-० गोल अन्तरले पराजित गरेको छ। आजै सम्पन्न मध्यमाञ्चल महिला टिम र पूर्वाञ्चल महिला टिमको दोश्रो खेलमा पूर्वाञ्चल महिला टिमले मध्यमाञ्चल महिला टिमलाई ८-१ को गोल अन्तरले पराजित गरेको छ। 

२. यसैगरी सोही प्रतियोगिता अन्तर्गत मिति २०७१ आश्विन ३० गते भारतको विहारको महिला टिम र पूर्वाञ्चल महिला टिमबीच पहिलो खेल तथा भारतकै सिक्किमको महिला टिम र सशस्त्र प्रहरी महिला टिमबीच दोश्रो खेल संचालन हुनेछ।