हालै सम्पन्न एशियाडमा नेपालको तर्फबाट एकमात्र पदक विजेतालाई नेपाली सेनाद्धारा सम्मान

१. नेपालको तर्फबाट १७ औं एसियाली खेलकुद प्रतियोगितामा काश्य पदक जित्न सफल एकमात्र करांते खेलाडी सुश्री बिमला तामाङलाई प्रधानसेनापति महारथी  
श्री गौरव शम्शेर ज.ब.रा.ले आज जंगी अड्डास्थित खेल मैदानमा आयोजित एक कार्यक्रमका बीच नगद रु.एक लाख तथा प्रशंसापत्र प्रदान गर्नु भई सम्मान गर्नु भएको छ।  

२. सुश्री विमला तामाङले खेलमार्फत नेपालको नाम उच्च राख्न पुर्‍याउनु भएको योगदानको कदर स्वरुप उक्त सम्मान गरिएको हो। वहां त्रिभुवन आर्मी क्लवसंग आवद्ध रहनु भएको छ। साथै उक्त खेलका प्रशिक्षक श्री धु्रव विक्रम मल्ललाई समेत सोही समारोहमा सम्मान स्वरुप नगद रु.एक लाख तथा प्रशंसापत्र प्रदान गरिएको थियो। उक्त अवसरमा रथीबृन्द, खेलकुद क्षेत्रका व्यक्तित्वहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।