नेपाली महिला फुटवललाई प्रवर्द्धन गर्न सुरु गरिएको "प्रधानसेनापति अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता" आजबाट आरम्भ

१. आज मिति २०७१ आश्विन २७ गते एक बिशेष समारोहकावीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले निर्णायक मण्डललाई फुटवल हस्तान्तरण गरी "प्रधानसेनापति अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता" २०७१ को उद्घाटन गर्नु भएको छ। 

२. जंगी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी महिला टिम र पश्चिमाञ्चल महिला टिमबीच भएको पहिलो खेलमा त्रिभुवन आर्मी महिला टिमले पश्चिमाञ्चल महिला टिमलाई १०-० गोल अन्तरले पराजित गरेको थियो। आजै सम्पन्न मध्य पश्चिमाञ्चल महिला टिम र सशस्त्र प्रहरी महिला टिमको दोश्रो खेलमा सशस्त्र प्रहरी महिला टिमले मध्य पश्चिमाञ्चल महिला टिमलाई १२-० को गोल अन्तरले पराजित गरेको छ। 

३. मित्रराष्ट्र भारतका दुई, घरेलु विभागिय तीन र पांचै विकाश क्षेत्रका ५ गरी जम्मा दश टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईएको छ। 

४. उक्त समुद्घाटन कार्यक्रममा रक्षा मन्त्रालयका पदाधिकारी, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, भूतपूर्व प्रधानसेनापतिहरु, राष्टि्रय खेलकुद परिषद्का पदाधिकारीहरु, अखिल नेपाल फुटवल संघका पदाधिकारीहरु, अखिल नेपाल महिला फुटवल संघका पदाधिकारीहरु, राष्टि्रय महिला फुटवल संघका पदाधिकारीहरु, रथीबृन्दहरु, नेपाल स्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृत, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो।