प्रधानसेनापति र ईजरायली राजदुतावासका महामहिम राजदुत तथा सैनिक सहचारी र सहायक सैनिक सहचारीबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ आश्विन २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग ईजरायली राजदुतावासका महामहिम राजदुत Mr. Yaron Mayer तथा भारतको नयांदिल्लीस्थित ईजरायली राजदुतावासमा कार्यरत नेपालका लागि नवनियुक्त गैह्र आवासीय सैनिक सहचारी Col Zeev Mivitzari र सहायक सैनिक सहचारी Lt Col Tzviki Prag ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ।  
 
२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति र ईजरायली महामहिम राजदुत तथा सैनिक सहचारीवीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो।