व्यवसायिक तालिम सम्बन्धी गोष्ठी आयोजना सम्बन्धमा

१. आज मिति २०७१ आश्विन २६ गते जंगी अड्डास्थित त्रिभुवन आर्मी 
अफिसर्स क्लवमा आयोजित व्यवसायिक तालिम सम्बन्धी अवधारणा विकास गोष्ठीको प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज एक कार्यक्रमबिच समुद्घाटन गर्नु भएको छ। 

२. नेपाली सेनामा आवद्ध बहालवाला तथा अवकास प्राप्त सकलदर्जाका 
श्रीमतीहरु एवं एकल महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गरी व्यवहारिक ज्ञान तथा सिपको माध्यमबाट रोजगारीको अवसर श्रृजना गरी पारिवारीक स्वावलम्वन र समृद्धि प्रदान गर्दै जीवनस्तरमा सुधार गर्ने हेतुले व्यवसायिक तालिम केन्द्र (Vocational Training Center) को स्थापना भई सकेको छ। 
उक्त केन्द्रको स्थापना संगै तालिम संचालनपूर्व व्यवसायिक तालिम सम्बन्धी अवधारणा विकास गर्ने उद्देश्यले उक्त गोष्ठी आयोजना गरिएको हो। मिति २०७१ आश्विन ३० गतेसम्म संचालन हुने उक्त गोष्ठीमा बिशिष्ट व्यक्तिहरुबाट व्याख्यान तथा प्रस्तुतीकरण प्रारम्भ भएको छ। आज मिति २०७१ आश्विन २६ गते राष्टि्रय योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्री जगदीशचन्द्र पोखरेलले Opportunities & Cultivating Prosperity बिषयमा र सिटिईभिटीका पूर्व प्रमुख डा. श्री जय वहादुर टण्डनले Vocational Training VS Academic Course बिषयमा व्याख्यान दिनु भयो। 
 
३. उक्त कार्यक्रममा पूर्वप्रधान सेनापतिहरु तथा संघका पूर्व अध्यक्षहरु, 
रथीबृन्द, अधिकृत, सैनिक श्रीमती संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।