"प्रधानसेनापति दोश्रो अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता २०७१"

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.बाट मिति २०७१ आश्विन २७ गते जंगी अड्डा स्थित खेल मैदानमा "प्रधानसेनापति दोश्रो अन्तर्राष्टि्रय महिला फुटवल प्रतियोगिता २०७१" को समुद्घाटन कार्यक्रम रहेको छ। 

२. उक्त फुटवल प्रतियोगितामा मित्रराष्ट्र भारतका दुई, घरेलु विभागिय तीन र पांचै विकाश क्षेत्रका ५ गरी जम्मा दश टिमको सहभागिता रहने छ। प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईने छ भने प्रतियोगिता मिति २०७१ कार्तिक ३ गतेसम्म संचालन हुनेछ।
 
३. साथै सोही समुद्घाटनको अवसरमा १७ औं एसियाली खेलकुद प्रतियोगितामा काश्य पदक विजेता महिला करांते खेलाडी सुश्री बिमला तामाङलाई नेपाली सेनाको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।