प्रधानसेनापतिद्धारा मध्य पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७१ आश्विन २४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. द्धारा मध्य पृतना हे.क्वा. अन्तरगत सर्लाही स्थित रिपुमर्दन गण, रौतहट स्थित अमरदल गुल्म, सुनाचुरी स्थित रणशेर गण र मध्य पृतना तालिम शिक्षालय तथा नवलपरासी स्थित नयां भैरवीदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ। 

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु हुंदै आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो।  
३. प्रधानसेनापति श्री राणा उक्त गण, गुल्म तथा शिक्षलयको निरीक्षण कार्यक्रम पश्चात आज चितवन, भरतपुर स्थित महिन्द्रदल गणमा मुकाम र भोली मिति २०७१ आश्विन २५ गते पश्चिम पृतना हे.क्वा. अन्तरगत युनिटहरुको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ।