प्रधानसेनापतिद्धारा मध्य पृतना तथा पश्चिम पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. मध्य पृतना तथा पश्चिम पृतना हे.क्वा. अन्तरगत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा आज मिति २०७१ आश्विन २५ गते पश्चिम पृतना हे.क्वा. अन्तरगत गोरखा स्थित भैरवीदल गणको भच्छेक सुरक्षा वेशको निरीक्षण भ्रमण पूर्व मध्य पृतना हे.क्वा. अन्तरगत भरतपुर स्थित महेन्द्रदल गण र सैनिक स्टर्ड फर्म सेन्टरको निरीक्षण गर्नु भएको छ। 

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नु भएको थियो भने उक्त युनिटका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङगले पुरा गर्दै राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्न निर्देशन दिनु भएको थियो। 

३. उक्त निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ।