फुलपाती बढाइँ कार्यक्रम सम्पन्न

१. आज मिति २०७१ आश्विन १५ गते सैनिक मञ्च टुडिंखेलमा "बडादशैं २०७१" को उपलक्ष्यमा आयोजित फुलपाती बढांई कार्यक्रम सम्पन्न भएको छ।  

२. "बडादशैं २०७१" को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै एकठ्ठा बढाइँ, सबै पाटाले एकठ्ठा बढाइँ, षट्कोण फर्मेशनबाट बढाइँ र एकसाथ लहरे बढाइँ गरेको थियो भने श्री राजदल गणले १५ तोपको लहरे तथा ५ तोपको एकठ्ठा बढाइँ गरेको थियो। षट्कोण तथा झण्डा फर्मेशनहरुबाट समेत बढाइँ गरी विगतका वर्षहरुमा आयोजित फुलपाती बढाइँ भन्दा यस वर्ष केही फरक प्रकारको बढाइँ गरिएको थियो। साथै सो अवसरमा बढाइँ टोलीले ईज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेको थियो।  

३. सैनिक मञ्च टुडिखेलमा आयोजित फुलपाती बढाइँ समारोहमा सम्माननीय राष्ट्रपति डा. श्री रामबरण यादव, सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, का.मु. प्रधानमन्त्री तथा गृहमन्त्री लगायत मन्त्रीगणहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्वप्रधानसेनापति तथा पूर्वरथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्दहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध-प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समुह तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो। उक्त अवसरमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपतिज्यूमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।