प्रधानसेनापतिद्धारा Acrow Bridge को निरीक्षण

१. सुनकोशीको जुरेमा गएको पहिरोबाट अवरुद्ध अरनिको राजमार्ग खुलाउन नेपाली सेनाद्धारा बैकल्पिक मार्ग निर्माण कार्य सम्पन्न भएपश्चात धुस्कुन गा.वि.स. र बाह्रविसे गा.वि.स.को सिमानामा पर्ने सुनकोशी नदीमाथि जडान गरिएको Acrow Bridge को आज मिति २०७१ आश्विन १३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले निरीक्षण गर्नु भएको छ। 

२. प्रधानसेनापति श्री राणाले निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायत स्थानिय बुद्धिजिवीहरु तथा जनताहरुसंग अन्तरक्रिया गर्नु भएको थियो। सो अवसरमा उपस्थित स्थानियबासीले उक्त कार्यको प्रशंसा गर्दै नजिकिएको महान चाड दशैं मनाउन समेत सहज भएको प्रतिक्रिया दिएका थिए। 

३. नेपाली सेनाले तयार गरेको खाडीचौरदेखि बाह्रविसेसम्मको १०.८ कि.मि. बैकल्पिक मार्गमा नेपाली सेनाका प्राविधिकहरुबाट १२० फिट लम्बाई, ५.५ मिटर चौडाई र ३० टन अधिकतम भारवहन क्षमता रहेको उक्त पुललाई सो स्थानमा जडान गर्ने कार्य हिजो सम्पन्न भए पश्चात उक्त बैकल्पिक मार्गमा हिजैबाट सवारी आवागमन सुरु भएको थियो।