नेपाली सेनाको प्राड विवाक जर्नल संयुक्त रुपमा विमोचन

१. मिति २०७१ आश्विन ०७ गते श्री सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश श्री दामोदर प्रसाद शर्मा र प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले. जंगी अड्डामा आयोजित एक समारोहका बिच नेपाली सेनाको कार्यरथी विभाग अन्तर्गत रहेको प्राड विभागले प्रकाशित गरेको "प्राड विवाक जर्नल" २०७१(Legal Journal 2071) को संयुक्त रुपमा विमोचन गर्नु भएको थियो। 

२. सो अवसरमा नेपाल सरकारका महान्यायधिवक्ताको समेत उपस्थिति रहेको थियो।