भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण

१. नेपालको औपचारिक भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Dalbir Singh ले आज मिति २०७१ कार्तिक २८ गते विभिन्न स्थानहरुको भ्रमण गर्नु भएको छ।
 
२. भ्रमणको क्रममा भारतीय सेनाध्यक्ष General Dalbir Singh  ले जोमसोमको कैसाङ स्थित सैनिक उच्च शिखर शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको थियो। उक्त अवसरमा शिक्षालयका शिक्षाधिकृतले उहांलाई शिक्षालयमा संचालन हुने विभिन्न तालिम लगायत विविध विषयहरुबारे जानकारी गराउनु भएको थियो। 

३. यसैगरी, वहांले आजै पोखरास्थित पश्चिम पृतना हे.क्वा.को समेत भ्रमण गर्नु भएको थियो। उक्त अवसरमा पश्चिम पृतनाका पृतनापति उपरथी श्री पदम विलास कार्कीले उक्त क्षेत्र तथा पृतनाको विविध पक्षबारे जानकारी गराउनु भएको थियो। 

४. भारतीय सेनाध्यक्ष General Dalbir Singh  नेपालको औपचारिक भ्रमण पुरा गरी भोलि मिति २०७१ कार्तिक २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।