प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग दक्षिण कोरियामा आयोजना हुने सम्मेलनमा सहभागी हुनुहुने

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Republic of Korean Armed Forces, Joint Chiefs of Staff तथा संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM) को संयुक्त तत्वावधानमा मिति २०६७ कार्तिक ०१ गतेदेखि ऐ.०५ गते (तदनुसार 18-24 October 2010) सम्म दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने 13th Annual Asia-Pacific Chiefs of Defense (CHOD) Conference मा भाग लिन आज मिति २०६७ आश्विन ३१ गते साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । २. सम्मेलन एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको साझा चुनौति र तिनलाई सामना गर्न अबलम्वन गर्नुपर्ने रणनीतिक उपायहरुका वारेमा बृहत छलफल, अन्तरकृया तथा प्रस्तुतिकरणहरुमा केन्द्रित रहने छ । एशिया प्रशान्त क्षेत्रका २८ मुलुकका सेना प्रमुखहरु सहभागी हुने सम्मेलनलाई दक्षिण कोरियाली रक्षामन्त्री श्री किम ताई–यङ्गले संवोधन गर्नु हुनेछ । सम्मेलनको दौरान सहभागीहरु विच द्धिपक्षीय तथा बहुपक्षीय बिषयहरुमा छलफल हुने कार्यक्रम समेत रहेको छ । ३. सम्मेलनमा वहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग तथा सह–सेनानी बिमल थापा सम्मिलित हुनुहुन्छ । वहाँहरु मिति २०६७ कार्तिक ०६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।