प्रधानसेनापति र मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force (III MEF) का Commanding General, Lt Gen John Wissler बीच भेटवार्ता

१. आज मिति २०७१ कार्तिक २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force (III MEF) का Commanding General, Lt Gen John Wissler ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ। 

२. उक्त भेटवार्ताका क्रममा मित्रराष्ट्र अमेरिका र नेपालबीच रहंदै आएको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। साथै वहांले नेपाली सेनाका पि.एस.ओज. रथीबृन्दहरुसंग समेत भेटघाट तथा अन्तरक्रिया गर्नु भएको थियो। 

३. मिति २०७१ कार्तिक २६ गतेबाट नेपालको भ्रमणमा रहनु भएका Lt Gen Wissler भ्रमण पुरा गरी मिति २०७१ कार्तिक ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।