प्रधानसेनापतिबाट पदोन्नती हुनु भएका रथीबृन्दहरुलाई दज्यार्नी चिन्ह प्रदान

१. आज मिति २०७१ मंसिर १ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी अनुज बहादुर बस्न्यात र सहायक रथी हरि बहादुर बस्नेतलाई उपरथीको दर्ज्यानी चिन्ह र महा सेनानीबाट सहायक रथी दर्जामा पदोन्नती हुनु भएका महा सेनानी झंकर बहादुर कडायत, महा सेनानी सुवर्ण बहादुर शाह र महा सेनानी नैनराज दाहाललाई सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।