प्रधानसेनापति र जर्मनीका गैर आवासीय सैनिक सहचारी बीच भेटवार्ता

१. आज मिति २०७१ मंसिर ३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग भारतको नयांदिल्लीस्थित Federal Republic of Germany राजदुतावासमा कार्यरत नेपालका लागि गैर आवासीय सैनिक सहचारी Col Achim Hertgens ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ।  

२. आफ्नो कार्यकाल पुरा गरी स्वदेश फिर्ता हुनुपूर्व वहांले प्रधानसेनापति श्री राणासंग आज भेटघाट गर्नु भएको हो।  

३. उक्त भेटघाटका क्रममा द्धिपक्षिय आपसी हित तथा नेपाल र जर्मनीबीच रहंदै आएको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।