नेपाली सेनाद्धारा उद्धार

आज मिति २०७१ मंसिर ५ गते खोटाङ जिल्ला स्थित हलेसी महादेवको दर्शन गरी फर्कने क्रममा विहान करिव ०४३० बजे यात्रुवहाक जिप गौरीभिर भन्ने इलाकामा सडकबाट करिव १०० मिटर तल खस्न गई दुर्घटनाग्रस्त भएको छ। उक्त दुखद घटनाको जानकारी पाउनासाथ  खोटाङ जिल्लामा तैनाथ रहेको नेपाली सेनाको टोली उद्धार कार्यको लागि परिचालन भई उक्त टोलीले घटनास्थलबाट ६ जना मृतक तथा ९ जना घाइतेहरुको उद्धार गरेको छ। घाइतेहरुलाई नेपाली सेनाको MI17 हेलिकप्टरद्धारा आज विहान ११०० बजे काठमाण्डौ ल्याई थप उपचारको लागि महाराजगन्स्थित शिक्षण अस्पतालमा पठाईएको छ।