प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण समाप्त गरी स्वदेश फिर्ता

१. मित्रराष्ट्र बेलायती सेनाका सेनाध्यक्षको निमन्त्रणामा मिति २०६७ आश्विन १७ गतेदेखि संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमण सम्पन्न गरी आज मिति २०६७ आश्विन २७ गते बेलुकी स्वदेश फिर्ता हुनु भएको छ । २. वहाँलाई कायम मुकायम प्रधानसेनापति रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति समक्ष सम्मान गारत अर्पण गरेको थियो । ३. उक्त स्वागत समारोहमा नेपाली सेनाका रथीबृन्द तथा नेपालस्थित विदेशी सेनाका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।