प्रधानसेनापतिद्धारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७१ मंसिर १५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. द्धारा ईटहरी स्थित पूर्वी पृतना हे.क्वा. र गाईघाट स्थित नं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ।  

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको जिम्मेवारी क्षेत्रको बस्तुस्थिति, युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङले पुरा गर्न तथा आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो।  

३. भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले पूर्वी पृतना हे.क्वा.मा नव निर्मित 195166विशिष्ट अतिथि गृहको समुद्घाटन गर्नु भएको छ भने धरान स्थित सैनिक आवासीय महाविद्यालयको समेत निरीक्षण गर्नु भएको छ। 

४. प्रधानसेनापति श्री राणा उक्त निरीक्षण कार्यक्रम पश्चात आज पूर्वी पृतना हे.क्वा.मा मुकाम र भोली मिति २०७१ मंसिर १६ गते काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ।