प्रधानसेनापतिद्धारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. पूर्वी पृतना अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७१ मंसिर १६ गते कालिबक्स गणको निरीक्षण गर्नु भएको छ। उक्त अवसरमा प्रधानसेनापति श्री राणाले उक्त गणको बन्दोबस्ती, तालिम लगायत विविध पक्षबारे जानकारी लिनु भएको थियो।  

२. यसअघि प्रधानसेनापति श्री राणाले धनकुटा जिल्लाको नाम्जे, सामेवा हुंदै मोरङ जिल्ला स्थित श्री कालीबक्स गण तैनाथ रहेको स्थान याङसिलासम्म करिव ६५ कि.मि. साईक्लिङ गर्नु भएको थियो।
  
३. प्रधानसेनापति श्री राणा पूर्वी पृतना अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण पुरा गरी आजै काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ।