प्रधानसेनापतिबाट संयुक्त अरब इमिरेट्सको भ्रमण

१. संयुक्त अरब इमिरेट्सको UAE Armed Forces का Chief of Staff Lt. Gen. Hamad Mohammed Thani Al Rumaithi को निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को नेतृत्वमा ४ सदस्यीय भ्रमणदल आज मिति २०७१ फाल्गुन ९ गते संयुक्त अरव इमिरेट्सको अबुधाबी तर्फ प्रस्थान भएको छ।  

२. प्रधानसेनापति श्री राणा अबुधाबीको Abu Dhabi National Exhibition Center (ADNEC) मा मिति २०७१ फाल्गुन १० गतेदेखि ऐ. १४ गते (तदनुसार २२–२६ फेबु्रअरी २०१५) सम्म आयोजना हुने "12th International Defense Exhibition, IDEX 2015" मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको हो।
  
३. प्रधानसेनापति श्री राणालाई संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप सैनिक टुकडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गरेको थियो भने वहांलाई बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले विदाई गर्नु भएको थियो। सो अवसरमा विदाईका लागि रथीबृन्द तथा विदेशी नियोगका सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो। 

४. प्रधानसेनापति श्री राणा भ्रमण पुरा गरी मिति २०७१ फाल्गुन १५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। वहांको अनुपस्थितिमा बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले का.मु.प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ।