प्रधानसेनापति र क्यानडाका गैर आवासीय सैनिक सहचारी बीच भेटवार्ता

१.     आज मिति २०७१ मंसिर २३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग भारतको नयांदिल्लीस्थित High Commission of Canada मा कार्यरत नेपालका लागि गैर आवासीय सैनिक सहचारी Colonel Mark Dussault ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
२.    उक्त भेटघाटका क्रममा नेपाल र क्यानडाबीच रहंदै आएको पारस्परिक सम्बन्ध लगायत द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो ।