“पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता”

१.    नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर तथा नेपाल ह्याण्डवल संघको संयोजकत्वमा मिति २०७१ पौष ०१ गतेदेखि मिति २०७१ पौष ०४ गतेसम्म पोखरा स्थित पश्चिम पृतना हाताभित्र “पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता” शुभारम्भ हुन लागेको छ ।

२.    नेपाली सेना, गैर सैनिक तथा अन्य विभागिय टिम सहितको सहभागितामा चार दिनसम्म संचालन हुने उक्त ह्याण्डवल प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ६०,०००।-, द्धितीय हुनेलाई रु. ३०,०००।-, तृतीय हुनेलाई रु. १५,०००।- र सहभागी मध्ये सर्वोत्कृष्ट खेलाडीलाई रु. ५,०००।- तथा प्रमाण पत्र प्रदान  गर्ने कार्यक्रम रहेको छ ।

३.    पश्चिम पृतना हे.क्वा.मा संचालन हुन लागेको यस प्रकारको खेलले नेपाली सेना र खेलाडी, खेलप्रेमी तथा समाजका महत्वपूर्ण समुदाय बीच सुमधुर सम्बन्ध कायम राख्न थप मद्दत पुग्नुको साथै ह्याण्डवल खेलको बिकासमा समेत बिशेष सहयोग पुग्ने बिश्वास नेपाली सेनाले लिएको छ ।