प्रधानसेनापति र Embassy of Russian Federation का गैर आवासीय सैनिक सहचारी बीच भेटवार्ता

१.     आज मिति २०७१ पौष १ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग बंगलादेशको ढाकास्थित Embassy of Russian Federation मा कार्यरत नेपालका लागि नवनियुक्त गैर आवासीय सैनिक सहचारी Colonel Sergey Semenovich Kurchenko ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२.    उक्त भेटघाटका क्रममा नेपाल र Russia बीच रहंदै आएको पारस्परिक सम्बन्ध लगायत द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो ।