प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग दक्षिण कोरियामा आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Republic of Korean Armed Forces, Joint Chiefs of Staff तथा संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM) को संयुक्त तत्वावधानमा मिति २०६७ कार्तिक ०१ गतेदेखि ऐ.०५ गते (तदनुसार 18-24 October 2010) सम्म दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने 13th Annual Asia-Pacific Chiefs of Defense (CHOD) Conference मा भाग लिन हिजो मिति २०६७ आश्विन ३१ गते साँझ त्यसतर्फ प्रस्थान गर्नुभयो । २. दक्षिण कोरिया प्रस्थान गर्नु पूर्व प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति बिशिष्ट कक्षमा बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले हार्दिक विदाई गर्नुभएको थियो । बलाध्यक्ष रथी श्री सिंहको अलावा कोरियाली महामहिम राजदुत श्री एच.ई. स्याङ्ग मोग ह्याङ्ग, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बिदेशी सैनिक सहचारीहरुले समेत वहाँलाई बिदाई गर्नुभएको थियो । ३. वहाँको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री सिंहले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।