“पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता” को समुद्घाटन

१.    नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर तथा नेपाल ह्याण्डवल संघको संयोजकत्वमा संचालन भएको “पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता” को आज मिति २०७१ पौष १ गते पश्चिम पृतनापति उपरथी श्री पदम विलास कार्कीले समुद्घाटन गर्नु भएको छ ।

२.    मिति २०७१ पौष ४ गतेसम्म पोखरा स्थित पश्चिम पृतना हाताभित्र संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको २ वटा ह्याण्डवल टिम, सशस्त्र प्रहरी ह्याण्डबल टिम १, पूर्वाञ्चल ह्याण्डबल टिम १, पश्चिमाञ्चल ह्याण्डबल टिम १ र मध्यमाञ्चल ह्याण्डवल टिम १ गरी ६ वटा टिमको सहभागिता रहेको छ ।

३.    प्रतियोगिताको पहिलो खेलमा आज नेपाली सेना ह्याण्डबल टिम (निलो) र पश्चिमाञ्चल ह्याण्डबल टिमबीचको प्रतिस्पर्धामा पश्चिमाञ्चल ह्याण्डबल टिम १८–३८ अंकले विजयी भएको छ । आजै सम्पन्न दोश्रो खेलमा सशस्त्र प्रहरी ह्याण्डबल टिमले पूर्वाञ्चल ह्याण्डबल टिमलाई ३६–१४ अंकले पराजित गरेको छ । त्यसैगरी आजको अन्तिम खेलमा पश्चिमाञ्चल ह्याण्डबल टिमले मध्यमाञ्चल ह्याण्डबल टिमलाई ४२(५ अंकले पराजित गरेको छ ।