“पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता” को समापन

१.    नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर तथा नेपाल ह्याण्डवल संघको संयोजकत्वमा मिति २०७१ पौष १ गतेबाट पोखरा स्थित पश्चिम पृतना हाताभित्र संचालन भएको “पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ्ग शिल्ड प्रतियोगिता” को आज मिति २०७१ पौष ४ गते पश्चिम पृतनापति उपरथी श्री पदम विलास कार्कीद्वारा समापन कार्यक्रम सम्पन्न भएको छ ।

२.    प्रतियोगिताको अन्तिम दिनको फाईनल खेलमा आज नेपाली सेना ह्याण्डबल टिम (रातो) र पश्चिमाञ्चल ह्याण्डबल टिमबीचको प्रतिस्पर्धामा पश्चिमाञ्चल ह्याण्डवल टिमले नेपाली सेना ह्याण्डबल टिम (रातो) लाई २५-१७ अंकले पराजित गर्दै प्रथम हुन सफल भएको छ । कार्यक्रममा पृतनापति उपरथी श्री पदम विलास कार्कीले उक्त प्रतियोगितामा प्रथम हुने पश्चिमाञ्चल ह्याण्बल टिम, द्धितिय हुने नेपाली सेना ह्याण्डबल टिम (रातो) र तृतिय हुने सशस्त्र प्रहरी ह्याण्डबल टिमलाई क्रमशः नगद रु.६०,०००।-, रु.३०,०००।- र रु.१५,०००।- तथा सहभागी मध्ये सर्वोत्कृष्ट खेलाडी पश्चिमाञ्चल ह्याण्डबल टिमका विमल अधिकारीलाई नगद रु.५,०००।- तथा प्रतियोगितामा भाग लिने सम्पुर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई समेत प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

३.     प्रतियोगितामा नेपाली सेनाको २ वटा ह्याण्डवल टिम, सशस्त्र प्रहरी ह्याण्डबल टिम १, पूर्वाञ्चल ह्याण्डबल टिम १, पश्चिमाञ्चल ह्याण्डबल टिम १ र मध्यमाञ्चल ह्याण्डवल टिम १ गरी ६ वटा टिमको सहभागिता रहेको थियो ।

४.    यस किसिमको खेलकुद प्रतियोगिता संचालनले नेपालको खेलकुद क्षेत्रको समग्र विकासमा विशेष योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।